अब हाम्रो किबाेर्डमा नेपाली स्टिकर्स, इमोजी र थिम

 पुष १८, २०७५ बुधबार ९:३५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नयाँ वर्ष २०१९ को अवसरमा हाम्रो पात्रोले पहिलो पटक नेपाली स्टिकरसहितको नेपाली किबोर्ड सार्वजनिक गरेको छ । 

हाम्रो पात्रोले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेपाली गूगल प्लेस्टोरमा नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेको जानकारी दिएको छ ।
नयाँ संस्करणको किबोर्डका विशेषता यस्ता छन्

स्टिकर

हाम्रो नेपाली किबोर्डमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरुसहित स्टिकर रहेको छ । मेसेन्जर, ह्याट्स एप, स्काइप, फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका एपमा यी नेपाली स्टिकरहरु सजिलै प्रयोग गर्न सकिन्छ ।

यसमा नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएको छ।

हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमागएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ।

थिम

हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ। हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मनपर्ने थिम छान्न सकिन्छ। डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ। 

इमोजी

हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा विभिन्न नयाँ इमोजीहरु पनि थपिएको छ । 

हाम्रो नेपाली किबोर्ड यहाँबाट राख्नुस्स्  


 

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया