काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–९, पैह्रेमा रहेको लसुनेखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ४ करोडभन्दा बढीको लगानीमा दुईवटा पानी प्रशोधन केन्द्र निर्माण गरेको छ ।
नेपाल सरकारको ८० प्रतिशत र स्थानीय उपभोक्ताको २० प्रतिशत गरी कुल ४ करोड ११ लाख ६८ हजार ८ सय १० रुपैयाँको लगानीमा पानी प्रशोधन केन्द्र निर्माण गरिएको लसुनेखोला खानेपानीका अध्यक्ष प्रेम जिसीले बताउनुभएको छ ।
उहाँका अनुसार समितिले सुन्दरबजार नगरपालिका–९, फेदीकुनाको सालघारी र सुन्दरबजार–९, कै शिख्रमा पानी प्रशोधन केन्द्र निर्माण गरेको हो । सालघारीमा निर्माण गरिएको प्रशोधन केन्द्रले प्रतिसेकेण्ड ६ लिटर पानी प्रशोधन गर्छ । शिख्रमा बनाइएको प्रशोधन केन्द्रले प्रति सेकेण्ड ३ लिटर पानी प्रशोधन गर्छ ।
प्रशोधन केन्द्र निर्माण भसँंगै लसुनेखोला खानेपानीले फूलबारी, पैह्रे र फेदीकुनामा रहेका ६ सय ५९ घरधुरीलाई प्रशोधित पानी वितरण गरेको छ । लसुनेखोला खानेपानीका आयोजनाका अनुसार मासिक १ करोड लिटर पानी वितरण हुँदै आएको छ । मासिक १ करोड ३६ लाख ५० हजार लिटर पानीको माग छ ।
‘आवश्यकता अनुसार पानी वितरण गर्न सकिएको छैन,’ समितिका अध्यक्ष जिसीले भन्नुभयो, ‘पानीको ट्रान्समिसन लाइनमा अवरोध नआएमा हामीले जेनतेन पानीको माग पुर्याउन सक्छौँ ।’ खानेपानीले लसुनेखोला, सिस्नेरी खोला, बोरिङ र पम्पिङको पानी संकलन गरी वितरण गरिरहेको छ । समितिका अध्यक्ष जिसीका अनुसार प्रशोधन केन्द्रमा ‘पिएसटी’, ‘रफिङ’ र ‘स्लो स्याण्ड’ गरी तीन तहबाट पानी प्रशोधन हुन्छ ।
नवनिर्मित केन्द्रको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शनिबार उद्घाटन गर्नुभएको हो । दुई वर्षभित्रमै प्रदेशका सबै जनतालाई आधारभूत खानेपानी खुवाउन प्रदेश सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभएको छ ।
सुन्दरबजार नगरपालिकाभित्र रहेका सबै वडामा आवश्यक खानेपानी पुर्याउन स्थानीय सरकार पनि लागिपरेको सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्र बताउनुहुन्छ ।
सुन्दरबजार नगरपालिकामा सुन्दरबजार खानेपानी, लुसुनेखोला खानेपानी र भोटेओडार–तार्दीखोला खानेपानीले प्रशोधित पानी वितरण गर्दै आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।