रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
एफए कप अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी तेस्रो डिभिजनको क्लब न्यूपार्ट काउन्टीसँग पराजित भएको छ ।
न्यूपोर्ट काउन्टीको मैदानमा भएको एफए कपको तेस्रो चरणको खेलमा शीर्ष डिभिजन खेलिरहेको लेस्टर २–१ ले पराजित भयो । खेलको दशौं मिनेटमा जेमिल म्याटले गोल गर्दै न्यू पोर्टलाई अग्रता दिलाएका थिए ।
८२औं मिनेटमा रिचर्ड घेज्जालले गोल गर्दै लेस्टरलाई खेलमा फर्काए । तर त्यसको तीन मिनेटपछि नै न्यूपोर्टले पेनाल्टी पायो । पेनाल्टीलाई पाद्रेग अमोन्डले गोलमा परिणत गरेपछि लेस्टरको यात्रा तेस्रो चरणमै रोकिएको हो । न्यूपोर्ट भने एफए कपको चौथो चरणमा पुगेको छ ।
प्रिमियर लिगकै अर्को टिम फुलह्याम पनि चौथो डिभिजनको वल्डह्याम एथ्लेटिकसँग पराजित भएको छ । फुलह्याम आफ्नै मैदानमा २–१ ले पराजित भयो ।
डेनिस ओडोईले ५२औं मिनेटमा गोल गर्दै फुलह्यामलाई अग्रता दिलाएका थिए । तर साम सुरिजले ७६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याए । कलुम लाङले ८८औं मिनेटमा गोल गरेपछि फुलह्याम पराजित भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।