अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाडौं – माघ २५ गतेबाट भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज हुने सिनेमा ‘समर लभ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी निर्माण टिमले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । सिनेमा ‘समर लभ’ सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको हो । सार्वजनिक ट्रेलरमा अतीत र सायाको माया प्रेम, रोमान्स र विछोड देखाइएको छ ।
यो सिनेमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले संयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमाका कार्यकारी निर्माता विनोद अधिकारी हुन् । सिनेमाको निर्देशन मुस्कान ढकालले गरेका हुन् । उनले यसअघि सफल सिनेमा ‘नाइँ नभन्नू ल ३’ निर्देशन गरेका थिए । उपन्यासले प्रस्तुत गरेका सबै कुराहरुलाई बुझेर सिनेमा निर्माण गरिएको निर्देशक ढकालले बताए ।
यस्तै उपन्यासका लेखक सुबिन भट्टराईले सिनेमाको ट्रेलर आफूलाई निकै चित्त बुझेको बताए । उनले आफ्नो पुस्तकलाई सिनेमाले न्याय गरेको बताए । सिनेमामा चर्चित उपन्यास ‘समर लभ’का लेखक सुबिन भट्टराईको कथा, सामिप्यराज तिमिल्सेना र सुबिन भट्टराईको पटकथा तथा संवाद, पुष्पन प्रधानको संगीत तथा स्वर रहेको छ । सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।
सिनेमा‘समर लभ’नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । सिनेमामा सरोज खनाल,सुरज सिंह ठकुरी, ओम प्रतिक,आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।