चलचित्र ‘चौका दाउ’लाई पिजी सर्टिफिकेट

 पुष २३, २०७५ सोमबार २१:७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र ‘चौका दाउ’ २७ पुसबाट देशव्यापी रिलिज हुँदै छ । पूणेन्द्र झाको निर्देशन रहेको ‘चौका दाउ’ प्रदर्शनका लागि सेन्सर पास भएको छ । 

यो चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको सहयोगमा हेर्न मिल्ने गरी पिजी (प्यारेन्टल गाइडेन्स) सर्टिफिकेट दिएको छ । चलचित्र हास्यप्रधान रहेको निर्देशक झाले बताएका छन् । 

चलचित्रका निर्माता सौर्यजित बासकोटा र मनोज राजभण्डारी हुन् । यो चलचित्रमा दीर्घ गुरुङको छायाँकन रहेको छ भने मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन छ । 

यस चलचित्रमा वरिष्ठ संगीतकार शम्भूजित बासकोटाको संगीत रहेको छ । चलचित्रको परिकल्पनाकार, कथाकार पनि बास्कोटा नै हुन् ।  चौका दाउमा सन्तोष पन्त, तैयव शाह वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, श्याम राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय छ । 

चलचित्रको प्रोडक्सन म्यानेजर सुवासराज काफ्ले हुन् भने प्रोडक्सन सुपरभाइजर नरेन्द्र खड्का रहेका छन् । पटकथा अभिमन्यू निरवीको लेखेका हुन् । चलचित्रलाई बिके फिल्म्सले काठमाडौं र एफडीले मोफसलमा वितरण गर्ने छ । 

–उज्यालाे र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया