दुई वर्षपछि को हुन्छ अर्थमन्त्री ?

 असार ४, २०७५ सोमबार १४:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रियसभा सदस्यको पदावधि गोलाप्रथाबाट टुंगो लागेको छ ।  

संविधानको धारा ८६ अनुसार गोलाप्रथाविधिद्वारा राष्ट्रियसभाका ५९ सदस्य मध्ये क–कसको कार्यकाल कति वर्षको हुने भन्ने टुङ्गो लागाइएको हो ।

जस अनुसार १९ जना सांसदको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल कायम भएको छ । प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था अनुरुप गोलाप्रथाबाट पदावधि टुंगो लगाइएको हो ।  

राष्ट्रियसभा सदस्यको पदावधि छिनोफानो हुँदै गर्दा बाँकी रहेको कार्यकालमा अब फेरि कसरी सदस्य चयन गर्ने र राष्ट्रियसभा सदस्यभएकाहरु मन्त्री बनेको र उनीहरुको पद के हुन्छ भन्ने धेरैको चासो रहेको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा ५ बमोजिम रिक्त हुन आउने पदमा निर्वाचन वा मनोनयन जुन तरिकाले सदस्य बनेका थिए त्यसै तरिकाबाट बाँकी अवधिका लागि फेरि सदस्य पूर्ति गर्न सकिने प्रावधान छ ।  

अहिले राष्ट्रपतिबाट मनोनित भएका एक जना  राष्ट्रियसभा सदस्य सरकारको मन्त्री छन् । राष्ट्रपतिबाट मनोनित डा.युवराज खतिवडा अर्थमन्त्री हुनुहुन्छ । 

गोलाप्रथाबाट डा.खतिवडाको पदावधि जम्मा २ वर्षको लागि कायम भएको छ । राष्ट्रपतिबाट मनोनितको समूहबाट पहिलो गोला तान्ने मौका नै डा.खतिवडाले पाउनुभएको थियो । उहाँले दुई वर्षको गोला तान्नुभयो । राष्ट्रियसभा सदस्यका लागि डा.खतिवडाको पदावधि २ वर्ष मात्रै भएपछि उहाँको मन्त्रीको कार्यकाल समेत २ वर्षको मात्रै हुने भएको छ ।  

तर राष्ट्रपतिबाट मनोनित हुने उहाँको बाटो बन्द भएको छैन । सरकारले फेरि पनि उहाँलाई नै मनोनितका लागि राष्टपति समक्ष सिफारिस गर्न सक्छ ।

यो अवधिमा डा.खतिवडाको कार्यकाललाई मूल्यांकन गर्दै मनोनितका लागि सिफारिस गरे फेरि पनि उहाँ नै मन्त्री हुने बाटो यथावत छ । तर उहाँको सट्टामा सरकारले अर्को नाम सिफारिस गरे डा.खतिवडाले मन्त्री पदबाट पनि बिदा लिनुपर्ने हुन्छ ।  
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Shankarjee Malla

    June 18, 2018, 4:05 p.m.

    भाग्यले साथ् नदिए पनि ओलीले साथ् दिएकालाइ "छु मतलब" ?

  •  0 Reply

तपाईको प्रतिक्रिया