चीनले फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्...
मंसिर ७, २०८१ शुक्रबार
लमजुङ – सँगैका साथी मुग्लान पसेको देख्दा आफू पनि विदेश जाउँ कि भन्ने लाग्थ्यो चितवनको कालिका नगरपालिका–८, देवीटारका सोमबहादुर मगरलाई । विदेश जानका लागि पासपोर्ट पनि बनाउनुभयो । तर म्यानपावरमा पुग्नु अघि उहाँले एक पटक देशमै केही गर्ने अनि कमाउन नसके मात्रै विदेश जाने सोच्नुभयो ।
यही सोचाइले सोमबहादुरले बाख्रा पाल्न सुरु गर्नुभयो । २०६४ सालमा ४ वटा माउ बाख्राबाट सुरु भयो बाख्रापालन । ‘सरकारको ग्रामीण युवा स्वरोजगार कार्यक्रमबाट ३० हजार अनुदान पनि पाएँ अनि बिस्तारै बाख्राको संख्या पनि बढाउँदै लगेँ,’ उहाँले भन्नुभयो ।
अनुदान पाएको पैसा बाख्रा थपेर १० वटा पु¥याउनुभयो । २०६५ सालमा ‘हेफर ईन्टरनेशनल नेपाल’को कार्यक्रम आयो । उहाँलाई यो परियोजनाले पनि आर्थिक सहयोग ग¥यो । सोमबहादुरको बाख्राका खोरमा अझै ५ वटा बाख्रा थपिए । खोर व्यवस्थित पनि बनाउनुभयो ।
बाख्राबाट राम्रो आम्दानी हुने भएपछि सोमबहादुरले विदेश जाने सोच दिमागबाटै निकालिदिनुभयो । ‘देशमै गरेको उद्यमबाट चित्त बुझ्दो कमाई भएकै छ । अब विदेश जाने सोच छैन,’ सोमबहादुर भन्नुहुन्छ ।
बाख्रा पालेर अहिले वर्षमा ४ लाख रुपैयाँसम्म बचत गरिरहेको उहाँ बताउनुहुन्छ । ६० वटासम्म बाख्रा पालेका सोमबहादुरका खोरमा अहिले २५ वटा खसी छन् ।
गएको असोजदेखि उहाँले माउ बाख्रा पाल्न छाड्नुभयो ।
माउ बाख्रा पाल्नुभन्दा खसी पाल्दा फाइदा हुने देखेपछि उहाँको ध्यान त्यसैले खिच्ये । खसीसंगै उहाँले कुखुरा र हाँस पनि पाल्नुभएको छ । सोमबहादुरले बाख्रा पाल्न थालेको १० वर्ष भयो ।
यो एक दशकमा आफूले बाख्रापालनका लागि व्यवस्थित खोर, राम्रो जातको बाख्रा र घाँसको व्यवस्था हुनुपर्ने रहेछ भन्ने सिकेको सोमबहादुरको भनाई छ । यही सिकाइले सोमबहादुरले खोरबाट बाख्रा फार्म नै बनाउनुभयो । बाख्राको घाँसका लागि ५० रोपनीमा टाँकी, बकाइनो, खनायोलगायतका रुख रोप्नुभएको छ । अहिलेसम्ममा उहाँको लगानी २५ लाख नाघिसकेको छ ।
परिवारको साथ र सहयोग अनि राम्रो कमाइले हौसिएका सोमबहादुर यसलाई व्यवस्थित र बिस्तार गर्दै लाने सोचमा हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।