सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब रुपैयाँ पुग्याे, ४ महिनामा ८४ अर्ब थपियाे

 मंसिर ५, २०८१ बुधबार १६:२:९ | रासस
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा झन्डै ८४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९५ करोड थपिएपछि कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ दशमलव १४ प्रतिशत हुन आउँछ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको साउनमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहको थियो । विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण गएको असोज मसान्तसम्मको तुलनामा कात्तिक मसान्तसम्ममा चार अर्ब ९८ करोड बराबर सार्वजनिक ऋण घटेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब ५२ अर्ब १६ करोड र बाह्य ऋण दायित्व १२ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ बराबर छ ।

सरकारले चालू आर्थिक वर्षका लागि पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । यस्तै पछिल्लो चार महिनामा एक खर्ब आठ अर्ब १४ करोड रुपैयाँ साँवा/ब्याज भुक्तानी भइसकेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया