जनकपुरधामको परिक्रमा सडकभित्र मासु र जाँड–रक्सी बेच्नेलाई कार...
पुस १६, २०८१ मंगलबार
काठमाण्डौ – गुल्मीमा पाक्ने बेलामा सुन्तलाका बोट पहेँलो हुने रोगको प्रकोप देखिएको छ । बोटहरु पहेँलो हुने र दानाहरु पनि नपाक्दै पहेँलो भएर झर्ने गरेका कारण किसान चिन्तित बनेका हुन ।
रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका र छत्रकोट गाउँपालिकाका सुन्तलामा यस्तो समस्या बढी देखिएको छ । सुन्तला पाक्ने समयमा अचानक यस्तो समस्या देखिएको रेसुङ्गा नगरपालिका–५ का डिलबहादुर सुनारले गुनासो गर्नुभयो ।
धुर्कोट गाउँपािलका–७ वाग्लाका किसान धनराज पौडेलेको सुन्तला बगैचामा पनि बोट पहेलो हुने रोग देखा परेको छ । उहाँको बगैँचामा एक हजार वटा भन्दा धेरै सुन्तलाका बोटहरु रहेका छन ।
गएको वर्ष चार लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्नुभएका पौडेलको बगैँचामा रोगका कारण अहिले एक लाख रुपैयाँको सुन्तला बिक्री गर्न पनि समस्या छ ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले सुन्तलाका बोटको फेदमा बढी चिसोपना भएकाले रोग देखा पर्ने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न ढुसी नासक विषादी प्रयोग गर्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।