शेयर बजार ३३ अङ्कले घटेर २५ सय ७६ विन्दुमा

 पुष १६, २०८१ मंगलबार १५:१४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव शून्य आठ अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन आइतवार पनि शेयर बजार २१ अङ्कले घटेको थियो ।

आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, वित्त, होटल, जलविद्युत्, बीमा, उत्पादन, लघुवित्त, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सपोर्ट लघुवित्त, जानकी फाइनान्स, पोखरा फाइनान्स र नारायणी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नदीप लघुवित्त र उपकार लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै चार प्रतिशतले बढेको छ ।

आज कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन पाँच अर्ब ४७ करोडको शेयर कारोबार भएकोमा आज तीन सय आठ वटा कम्पनीका एक करोड ३१ लाख कित्ता शेयर पाँच अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया