सैन्य कानून लगाएर आलोचित बनेका दक्षिण कोरियाली राष्ट्रपति योल...
मंसिर २४, २०८१ सोमबार
काठमाण्डौ – फिल्म साउथ एशिया महोत्सवको चौधौँ संस्करण आजदेखि ललितपुरमा शुरू हुँदैछ । पाटनको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन गर्ने तयारी छ ।
महोत्सवका सहायक निर्देशक पवस मानन्धरले यस वर्ष ‘वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड’ थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुनेछ ।
महोत्सव बिहान ९ बजेदेखि शुरू हुनेछ । निर्देशनसम्बन्धी कार्यशाला पनि हुने मानन्धरले जानकारी दिनुभयो । कार्यशालामा भारतका चर्चित निर्देशक कवीर खान प्रमुख अतिथि हुनुहुनेछ । बजरंगी भाइजान, चन्दु च्याम्पियन, एक था टाइगर जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका खानले आफ्नो निर्देशकीय अनुभव सुनाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।