ज्ञवालीको निबन्ध संग्रह ‘बोकाको मन’ सार्वजनिक

 माघ ६, २०७५ आइतबार १२:५८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  शनिबार  काठमाण्डौमा एक कार्यक्रमकाबीच साहित्यकार काशिनाथ ज्ञवालीको व्यङ्ग्यात्मक निबन्ध संग्रह ‘बोकाको मन’ विमोचन गरिएकाे छ ।

२४ निबन्धहरु संग्रहित पुस्तक ‘बोकाको मन’ को विमोचन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नुभएको थियो ।

विमोचन कार्यक्रममा निलाम्बर आचार्य, ज्ञाननिष्ठ ज्ञवाली, लक्ष्मण गाम्नागे, युवराज घिमिरेलगायत विभिन्न साहित्यिक व्यक्तित्वको उपस्थिति थियो । 

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित ‘बोकाको मन’ पुस्तकमा नेपालको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थामाथि व्यङ्ग्यात्मक प्रहार गरिएको छ । 

साहित्यकार काशिनाथ ज्ञवाली पेसागत रुपमा शिक्षक हुनुहन्छ । दृष्टिविहीन भएर भोग्नु परेका चुनौतीकाबीच उहाँ लामो समयदेखि साहित्यिक यात्रा गर्दै आउनुभएको छ ।

यसभन्दा अगाडि उहाँका ‘रक्सी’ महाकाव्य (२०५१), ‘दुर्भाग्य’ महाकाव्य (२०६४) र अन्य फुटकर लेख रचनाहरु प्रकाशित भइसकेका छन् ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया