च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।
६ दिने चीन भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको हो ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिनुभएको छ ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशमा नभएकाले तेश्रो बरियताका नेता नेपालले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाउनुभएको नेकपाले जनाएको छ ।
प्रचण्ड श्रीमतीको उपचारका क्रममा सिंगापुरमा हुनुहुन्छ ।
प्रधानमन्त्री तथा नेकपाको संसदीय दलका नेता ओलीले संसदीय दलको नेताको जिम्मेवारी उप नेता सुवासचन्द्र नेम्बाङ्गलाई दिनुभएको छ ।
आफ्नो अनुपस्थितिमा संसदीय दलको जिम्मेवारी सम्हाल्नेगरि नेम्बाङ्गलाई जिम्मेवारी दिनुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।