ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६, अन्तर्गत फारमटोल, मोहनपुर तथा सुकुम्बासी टोलमा घर भत्काउनुका साथै अन्नबाली खाएर क्षति पुर्याएको छ ।
आइतबार राति पूर्वी भेगबाट आएको जंगली हात्तीहरुको एक समूहले आतंक मच्चाउनुको साथै भौतिक क्षति पु–याएको पिडितका परिवारजनले बताएका छन् ।
फारमटोलमा रहेको ललितबहादुर पोख्रेल को घर, शौचालय भत्काएको तथा अन्न खाएर नष्ट गरेको, मोहनपुरमा रहेको शिव शंकर शर्माको घर भत्काएको र अन्न खाएर नष्ट गरेको छ ।
त्यस्तै, हात्तीले सुकुम्बासी टोलका बस्ने तिलक बहादुर सुवेदीको धानको भकारी पूर्ण रुपमा क्षति पुर्याएको छ ।
गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी, ६ नम्बर वडाअध्यक्ष कुसुम आचार्य लगायतका स्थानीय समाजसेवी समूहले अनुगमन गरिसकेका छन् ।
पीडितहरुलाई गाउँपालिका विपद् व्यवस्थापन कोष, रेडक्रस सोसाइटी, जिल्ला वन कार्यालय र कोशी टप्पु वन्यजन्तु आरक्षणबाट समेत क्षतिपूर्ति उपलब्ध गराइने भएको छ ।
पछिल्लो पटक त्यस भेगका दर्जनौं घर परिवारका लाखौंको धनमाल नष्ट गर्नुका साथै हात्ती आतंकका कारणले स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।