धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
सानो पर्दाबाट चर्चामा आएका हास्यकलाकार केदार प्रसाद घिमिरे पछिल्लो समय ठूलो पर्दामा जमिरहेका छन् ।
ठूलो पर्दामा अहिले उनी अत्यधिक रुचाइएका कलाकार हुन् । केदारको बोल्ने शैलीले नै लाखौँ दर्शक उनको फ्यान भएका छन् ।
पछिल्लो समय ठूलो पर्दामा जमिरहेका केदार अब सानो पर्दामा फर्किने सम्भावना निकै कम छ ।
तर उनी देशदेखि विदेशका स्टेज कार्यक्रमहरुमा भने दौडिरहेका छन् । स्टेज कार्यक्रममा उनको डिमाण्ड अहिले पनि उत्तिकै छ ।
मेरी बास्सैमा काम गर्नेताका अर्का कलाकार विल्सन विक्रम राई अर्थात तक्मे बुढासँग जोडी बाँधेर स्टेज पुग्ने केदार प्रसाद घिमिरे यतिबेला भने आफ्नै श्रीमती सीता देवी तिमिल्सिनासँग स्टेजमा पुग्ने गरेका छन् ।
पछिल्लो समय केदारले आफ्नै श्रीमती सीता देवी तिमिल्सिनासँग प्रहसन गर्दैै दर्शकहरुलाई हँसाउँदै आइरहेका छन् । उनीहरुको प्रहसनमा केदार माग्ने बुढाकै गेटअपमा छन् भने सीता पुलिसको भूमिकामा प्रस्तुत हुँदै आएकी छिन् ।
केदारकी श्रीमती सीताले मेरी बास्सैभन्दा पहिले सिरियल जुरेलीमा काम गरेकी थिइन् । तर उनलाई दर्शकले भने मेरी बास्सैमार्फत चिनेका हुन् ।
मेरी बास्सै, जिरे खुर्सानी हुँदै सीता यतिबेला भद्रगोलमा सक्रिय छिन् । भद्रगोलमा उनी चन्द्रमुखीको भूमिकामा छिन् जसलाई दर्शकले अत्यधिक रुचाएका छन् ।
भद्रगोलमा उनले बोल्ने थेगो यो कुरा कसैलाई नभन्नु नी फेरि निकै हिट भएको छ ।
बुढीकन्या चन्द्रमुखीको भूमिकामा रहेकी उनलाई कहिले सीते बा त कहिले पाँडेले आँखा लगाउँछन् । केही एपिसोडमा भने पाँडे र सिते बाले उनीसँग अँगालो हालेका दृश्यहरु पनि राखिएको थियो ।
श्रीमतीले दिएको यस्तो दृश्यबारे केदार घिमिरेले कथाले मागे अनुसार यस्ता दृश्यहरु गर्नु सामान्य भएको बताएका छन् ।
केदारको यो कुरामा सही थाप्दै सीताले पनि कलाकारले कथा मर्न दिन नहुने भएको यस्ता दृश्यहरु दिन आवश्यक हुने बताइन् ।
–उज्यालो र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।