धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
सोलुखुम्बु – हिमपातका कारण सोलुखुम्बुका ४ पर्वतारोही मकालु आधार शिविरबाट तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
पहिलो हिउँदे उच्च ग्रेट हिमालयन ट्रेल’ को यात्रामा हिँडेका चारजना पर्वतारोही सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन हुनेहरुमा खुम्बु पासाङल्हामु गाउँपालिका–१ का पेम्वा जाङ्बु शेर्पा, दारिन्जी शेर्पा, पेम्वारिन्जी शेर्पा र पासाङ गेलु शेर्पा रहेका छन् ।
उहाँहरु चार हजार चार सय मिटरको लाङमाले खर्कदेखि सम्पर्कविहीन भएको उहाँहरुलाई पदयात्रामा लगेकाे ट्रेकिङ एजेन्सीले जनाएको छ ।
जर्मन नेपाल फ्रेण्डसिप ट्रेक नाम दिएर हिउँदमा पनि उच्च क्षेत्रमा पदयात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन उच्च ग्रेट हिमालयन ट्रेलको पदयात्रामा निस्केका आइम ट्रेकका प्रमुख पेम्वा जाङ्बु शेर्पा सहित चारजना हिमपातपछि सम्पर्कविहीन भएको कम्पनीले जनाएको छ ।
३६ घण्टा लगातार हिमपात भएपछि अघि बढ्न र पछाडि फर्कन नसकेर लाङमालेखर्कमा रोकिएको जानकारी स्याटेलाइट फोनमार्फत् उनीहरुले कम्पनीलाई गराएका थिए । तर पछिल्लो समय सम्पर्क हुन नसकेको शेर्पाले जानककारी दिनु भयो ।
बिहीबार हेलिकप्टर त्यसतर्फ पठाउने तयारी गरे पनि प्रतिकूल मौसमका कारण नसकिएको कम्पनीले जनाएको छ । तीन दिन बित्दा पनि उद्दार हुन नसकेको भन्दै आफन्तजनले उद्दारमा सरकारको सहयोग मागेका छन् ।
उनीहरुले नेपालमा पहिलो पटक हिउँदमा उच्च हिमाली भेगमा पदयात्रा गर्न सकिने सन्देश दिन दुई महिने पदयात्रा सुरु गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।