यस्तो बन्यो दाल भात तरकारीको गीत ‘भिजिट भिसामा’

 माघ ११, २०७५ शुक्रबार १८:६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमामण्डाै - महसञ्चारको ब्यानरमा निर्माण भएको सिनेमा ‘दाल भात तरकारी’मा समावेश ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक भएको छ । 

शुक्रबार एक कार्यक्रमका बीच सिनेमामा समावेश पहिलो गीत ‘भिजिट भिसामा’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकारहरु समावेश छन् । 

गीतमा  अन्जु पन्त र निशान भट्टराईको आवाज रहेको छ भने हरिवंश आचार्यका शब्दमा संगीतकार  शम्भुजित बास्कोटाले संगीत भरेका छन् । 

लोक शैलीको यस गीतमा हरिवंश आचार्य, राजाराम पौडेल, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा र वर्षा राउतलाई फिचर गरिएको छ । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । 

२०७६ सालको  वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने यस सिनेमालाई रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बाङदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनिया र सुमित मैनालीले संयुक्त रुपमा निर्माण गरेका हुन् । 

सिनेमामा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका रहेको छ ।  

सिनेमामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल,सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बाङदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

– उज्यालो र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया