शाहरुख र आमिरले छाडे ‘सारे जहाँ से अच्छा’, सुशान्त सिंह राजपुत लगभग पक्का

 माघ १२, २०७५ शनिबार २०:२१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय अन्तरिक्ष यात्री राकेश शर्माको जीवनमा आधारित बायोपिक ‘सारे जहाँ से अच्छा’ पछिल्लो समयमा यस फिल्मको अभिनेताका कारण चर्चामा रहँदै आएको छ । 

यस फिल्मको मुख्य अभिनेताको रुपमा अभिनेता आमिर खानको नाम अगाडि आएको थियो । तर त्यसपछि आमिर खानले नभइ अभिनेता शाहरुख खान यस फिल्मको मुख्य अभिनेता रहेको खबर सार्वजनिक भयो ।

तर अब भने यस फिल्मबाट आमिर खान र शाहरुख खान दुवैजना बाहिरिसकेका छन् । 

शाहरुख खान स्वयंले यस फिल्ममा काम नगर्ने घोषणा गरिसकेका छन् । अहिले सार्वजनिक खबरहरुका अनुसार यस फिल्ममा अभनेता सुशान्त सिह राजपुतले मुख्य अभिनेताको भूमिका निर्वाह गर्न सक्नेछन् । 

फिल्म ‘सारे जहाँ से अच्छा’ का निर्माताहरुले सुशान्तलाई अप्रोच गरिरहेका छन् । यस अघि सुशान्त सिंह राजपुतले फिल्म ‘चन्दा मामा दूर के’ गर्ने खबरहरु सार्वजनिक भएका थिए । तर उक्त फिल्मको काम आन्तरिक कारणले गर्दा अगाडि बढ्न सकेन । 

तसर्थ सुशान्त  सिंह राजपुत त्यही किसिमको फिल्मको खोजीमा थिए । 

अहिले फिल्म ‘सारे जहाँ से अच्छा’ का निर्माताहरु र सुशान्त सिंह राजपुतबीच यस फिल्मको विषयमा कुराकानी भइरहेको छ । छिट्टै नै यस फिल्मका निर्माताहरुले यस विषयमा आधिकारक घोषणा गर्नेछन् ।

यस फिल्मकी अभिनेत्रीको पनि अहिलेसम्म टुंगो लागिसकेको छैन । फिल्मका लागि अभिनेत्री करीना कपूर खान र भूमि पेडनेकरको नाम चर्चामा रहेको छ । 
तर अहिले आधिकारिक जानकारी भने सर्र्वजनिक गरिएको छैन ।
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया