च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
धनुषा, वैशाख २७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउन एकदिन मात्रै बाँकी रहँदा जनकपुरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।
जनकपुरमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ९ हजारसुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । जनकपुर प्रवेश गर्ने सबै प्रवेशद्धारमा सुरक्षाकर्मीले कडाइका साथ जाँच गर्ने गरेका छन् ।
मोदीको सुरक्षालाई दृष्टिगत गर्दै जानकी मन्दिर तथा बाह्र विघा मैदानको एक सय मिटर क्षेत्र वरपर तथा जनकपुर विमानस्थलदेखि बाह्र विघाको सडक छेउछाउमा मोटरसाइकलको हेलमेट, झोला, पोका तथा धारिला बस्तु लिएर तथा माक्स लगाएर आवतजावत गर्न प्रहरीले निषेध गरेको छ ।
मोदीको अभिनन्दन गरिने बाह्रविघा मैदानलाई चारैतर्फबाट सुरक्षाकर्मीले घेरेको छ । मैदानभित्रको मञ्च भारतीय सुरक्षाकर्मीको घेरामा निर्माण भइरहेको छ ।
जानकी मन्दिर प्रवेशमा बिहीबारदेखि नै सर्वसाधारणलाई रोक लगाइएको छ । सुरक्षाका कारण श्रद्धालु भक्तजन एवम् सर्वसाधारणलाई पूजापाठ गर्न बिहीबार दिउँसो १२ बजेबाट प्रवेश निषेध गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रविण धितालले जानकारी दिनुभयो ।
भारतीय प्रधानमन्त्री मोदी शुक्रबार बिहान १० बजे भारतको पटनाबाट भारतीय सेनाको हेलिकोप्टमा जनकपुर विमानस्थलमा अवतरण गर्ने र जानकी मन्दिर पुगेर ४५ मिनेट पूजाआजा गर्ने कार्यक्रम छ । उहाँलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुहुनेछ ।
जनकपुर विमानस्थलमा मोदीको स्वागतका लागि रक्षामन्त्री इश्वर पोखरेल जानुहुनेछ । मोदी जनकपुरबाट प्रस्थान गरेपछिमात्र सर्वसाधारणका लागि जानकी मन्दिरमा प्रवेश खुला गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अहिले भीआईपी, सुरक्षाअधिकारी र स्विकृति प्राप्त सञ्चारकर्मीले मात्र मन्दिर प्रवेश गर्न पाउने डीएसपी धितालले जानकारी दिनुभयो । जानकी मन्दिरको सबै ढोका बन्द गरेर प्रवेश निषेध गरेपछि सर्वसाधारण ढोका बाहिरैबाट पूजाआजा गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।