आलिया भट्ट र रणबिर कपूरकाे सम्बन्धमा खटपट !

 माघ १४, २०७५ सोमबार २०:१३:३८ | उज्यालो सहकर्मी

बलिउडका हट कपलको रुपमा चर्चित जोडीमध्येको एक हो आलिया भट्ट र रणबिर कपूरको जोडी । यो जोडीले एकअर्कालाई डेट गर्न सुरु गरेपछि उनीहरुसँग सम्बन्धित अनेकौं खबर मिडियामा छाइरहेका हुन्छन् ।

पछिल्लो समयमा आलिया र रणबिरबीचको सम्बन्धमा खटपट चलिरहेका खबरहरु आइरहेका छन् । यसैबीच मुम्बईको महाराष्ट्र पुलिसले आयोजना गरेको ‘उमंग २०१९’ अवार्ड शो मा आलिया र रणबिर एकसाथ उपस्थित भएका थिए । 

आलिया र रणबिर एकसाथ कार्यक्रम स्थलमा प्रवेश गरेपछि सबैको ध्यान उनीहरुतर्फ नै मोडिएका थिए भने मिडियाका क्यामेराहरु पनि उनिहरुतर्फ नै तेर्सिए । 
तर आलिया र रणबिर एकसाथ भएर पनि दुवैबीचको केमेष्ट्री पहिले जस्तो देखिएको थिएन । उनीहरु एकअर्कादेखि रिसाएका झैं देखिएका थिए ।

तस्बिरहरुमा आलिया भट्ट रणबिर कपूरलाई बेवास्ता गरिरहेकी देखिन्छिन् भने उनको अनुहारसमेत उदास देखिन्छ ।

रणबिर कपूर र आलिया भट्ट आफूहरुको सम्बन्धलाई लिएर निकै गम्भीर रहेको र छिट्टै नै यो जोडीले विवाह गर्नसक्ने बताइएको थियो । तर पछिल्लो पटक आइरहेका खबरहरुका अनुसार अभिनेता रणबिर कपूर आलियासँगको सम्बन्धलाई लिएर गम्भीर नरहेको बताइएको छ । तस्विरमा रणबिर कपूरको अनुहारमा पनि उदासी देखिन्छ । 

कार्यक्रममा उपस्थित भएपछि सुरुमा यो जोडीले मिडियाकर्मी तथा क्यामेरालाई समेत बेवास्ता गरिरहेका देखिन्थे ।

पछि भने दुवैले मिडियासामु एक साथ पोज दिएका थिए । तर यी दुवै एकसाथ भएर पनि साथमा नभएको झै गरिरहेका देखिन्छन् । 
 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया