मेक्सिकोमा ७ जना फुटबल खेलाडी संयुक्त रूपमा ५७ वर्षका लागि न...
फागुन ४, २०८१ आइतबार
बलिउड फिल्म उद्योगमा यतिबेला नयाँ कलाकारहरुको बोलबाला चलिरहेको छ । अभिनेत्री सारा अली खानका दुईवटा फिल्म मात्रै रिलिज भएका छन् । तर बलिउडमा उनका प्रशंसकहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
यस्तै फिल्म ‘धडक’ बाट डेब्यू गरेकी अभिनेत्री जान्हवी कपूर यतिबेला फिल्म ‘तख्त’ र गुञ्जन सक्सेनाको बायोपिक मार्फत दर्शकमाझ आउने तयारी गरिरहेकी छिन् ।
बलिउड फिल्म उद्योगमा सारा अली खान र जान्हवी कपूरलाई एकअर्कासँग तुलना गर्दै कैयौं खबरहरु आइरहन्छन् । यसैबीच उनीहरु कुनै समय एकै परिवारका दाजु र भाइसँग प्रेम सम्बन्धमा रहेको खबर पनि सार्वजनिक भएको छ ।
सारा अली खान भारतीय कांग्रेस पार्टीका एक नेताका नाति वीर पहाडियाको प्रेममा थिइन् भने अभिनेत्री जान्हवी कपूर वीरका भाइ शिखर पहाडियालाई डेट गरिरहेकी थिइन् ।
सारा अली खान स्वयंले एउटा कार्यक्रममा आफू एक समय प्रेम सम्बन्धमा रहेको कुरा बताएकी थिइन् । साराले आफूले डेट गरिरहेका व्यक्ति कांग्रेसका नेता एवम् पूर्व केन्द्रिय गृहमन्त्री सुशील कुमार शिन्देका नाति वीर पहाडिया रहेको बताएकी थिइन् ।
साराका बुवा एवम् अभिनेता सैफ अली खानलेसमेत ‘कफी विद करण’ मा साराका प्रेमीसँग भेट गरिसेकको र उनीसँग ड्रिंक पनि गरेको बताएका थिए ।
सैफले आफू एकदमै खुला विचार भएको पिता रहेकोले आफ्ना छोराछोरीसँग साथीको जस्तै व्यवहार गर्ने गरेको बताएका थिए । सारा र वीरको प्रेम सम्बन्ध सन् २०१६ मा सुरु भएको थियो तर यो सम्बन्ध धेरै लामो समयसम्म टिक्न सकेन । अहिले भने सारा अली खानले आफू सिंगल नै रहेको बताउँदै आइरहेकी छिन् ।
अभिनेत्री श्रीदेवी र बोनी कपूरकी छोरी जान्हवी कपूर र वीर पहाडियाका भाइ शेखर पहाडियाबीचको प्रेम सम्बन्ध पनि चर्चामा आएको थियो ।
तर जान्हवी र शिखरबीचको सम्बन्धबाट जान्हवीकी आमा श्रीदेवी भने खुशी थिइनन् । तसर्थ उनले जान्हवीलाई शिखरसँगको सम्बन्ध बिर्सिएर आफ्नो ध्यान करियर तर्फ दिन सल्लाह दिएकी थिइन् ।
जान्हवी र शिखरबीचको सम्बन्ध सन् २०१६ मा निकै चर्चामा आएको थियो । वास्तवमामा एउटा पार्टीमा लिइएको जान्हवी र शिखरको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो ।
त्यसबेला देखि नै जान्हवी शिखरदेखि टाढिएकी थिइन । जान्हवी कपूर यतिबेला आफ्नो प्रेम सम्बन्धलाईभन्दा बलिउड करियरलाई लिएर निकै सिरियस छिन् ।
तर शिखरसँग पनि उनको मित्रता भने कायम नै छ । शिखरले जान्हवीको डेब्यू फिल्म ‘धडक’ रिलिज भएपछि सामाजिक सञ्जाल मार्फत जान्हवीको प्रशंसा गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।