नेपालले थाइल्यान्डलाई १ सय २ रनको लक्ष्य दियाे
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - शान्तिपूर्ण प्रर्दशनका क्रममा आफ्ना विद्यार्थी नेताहरु नियन्त्रणमा लिएर फौजदारी मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।
सरकारका कदमविरुद्ध पोखरामा भएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा नेपाल विद्यार्थी संघका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाइएकोमा कांग्रेसले गम्भीर आपत्ति जनाएको हो । बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रहरी नियन्त्रण रहेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न पनि माग गरेको छ ।
त्यसैगरी गएकाे सोमबार धनुषाको सबैया नगरपालिका-१० खरियानी टोलका पार्टी सदस्य उमेश कापडीमाथि कम्युनिष्ट पार्टीका कार्यकर्ताले सांघातिक हमला गरेको भन्दै बैठकले आक्रमणमा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
कांग्रेसले प्रदर्शन सकिएपछि भएको आक्रमणलाई गम्भीर रुपले लिएको जनाएको छ । घाइते कापडीको अहिले विराटनगरमा उपचार भइरहेको छ ।
बुधबारको बैठकमा नेताहरु रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्ण बहादुर खड्का, केन्द्रीय सदस्यहरु कृष्ण प्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँड, डाक्टर नारायण खड्का, डाक्टर मिनेन्द्र रिजाल, आनन्द प्रसाद ढुंगाना र मोहन बहादुर बस्नेतले धारणा राख्नुभएको छ ।
यसैबीच नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिका बारेमा भने नेताहरुबीच मत बाझिएपछि बैठकले कुनै निर्णय गर्न सकेन ।
बैठक भोलि बिहीबार ११ बजे फेरि बस्ने तय भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।