नेपालले थाइल्यान्डलाई १ सय २ रनको लक्ष्य दियाे
माघ १९, २०८१ शनिबार
ललितपुर - ललितपुर महानगरले सहरलाई सहयोगापेक्षी सडकमानव (बाटोमा माग्ने) मुक्त शहर बनाउने भएको छ ।
बुधबार ललितपुरमा मानव सेवा आश्रमको कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले महानगरलाई सहयोगापेक्षी सडकमानव मुक्त बनाउने गरी आवश्यक पूर्वाधार बनाउन थालिएको बताउनु भएको हो ।
महानगरले सहयोगापेक्षी सडकमानवका लागि आश्रयभवन बनाउने, स्वास्थ्य उपचार गराउने तथा परिवार मिलन गराउने गरी सरोकारवाला निकायसँग बहुपक्षीय छलफल भैरहेको बताउनु भयो ।
मेयर महर्जनले अहिले काठमाण्डौ उपत्यकालाई नै कसरी सहयोगापेक्षी सडकमानव मुक्त बनाउने भन्नेबारे छलफल चलिरहेको पनि बताउनु भयो । उहाँले काठमाण्डाै उपत्यकाभित्रका १६ नगरपालिका र २ महानगरको संयुक्त बैठकमा सहयोगापेक्षी सडकमानवको उचित व्यवस्थापन गर्दै सहयोगापेक्षी सडकमानवमुक्त शहर बनाउने प्रस्ताव आफूले लैजाने बताउनु भयो ।
ललितपुर महानगरले आउँदाे आर्थिक वर्षबाट मानवीय र सामाजिक कार्यमा उल्लेख्य बजेट व्यवस्था गरेर कार्यक्रम बनाउने पनि बताउनु भयो ।
ललितपुर महानगरपालिकाले मानव सेवा आश्रमको सहयोगमा सहयोगापेक्षी सडकमानवहरुलाई संकलन गरि आश्रयस्थलमा पठाउने गरेको छ । मानव सेवा आश्रमले आफ्ना विभिन्न शाखाहरुमा करिब १७५० सहयोगापेक्षी सडकमानवको उद्धार गरि आश्रय दिइरहेको छ । यस संस्थाले सडकमा भेटिएका सहयोगापेक्षीहरुको पुनर्मिलन पनि गराउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।