घरबाट भागेर भारत पुगेका ४ बालकको उद्धार

 असार ७, २०७५ बिहीबार १२:४३:४८ | सुमन तिमल्सिना
unn.prixa.net

भारत-भारतको कटिहारबाट ४ जना बालकको उद्धार भएको छ ।

नेपालबाट विभिन्न प्रलोभनमा भारत पुगेका उनीहरुलाई केन्द्रीय बाल कल्याण समिति,सीवीन र जिल्ला बाल कल्याण समितिको पहलमा उद्धार गरिएको हो ।

उद्धार गरिएका बालकमा धेरै घरबाट भागेर गएकाहरु रहेको सीवीनका कार्यक्रम संयोजक बासुदेव अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालबाट भारतीय बजारमा पुर्‍याईएका बालबालिका कतिपयलाई प्रलोभनमा पारेर लगेको त कतिपयलाई काम गराउने उदेश्यले भारत पुर्याईएको पाईएको छ ।

उद्धार भएका बालकहरुमा ३ वर्षदेखि भारतको बालगृहमा जीवन बिताइरहेकाहरु पनि रहेका छन्  । 

कटहरीका सुनिल कुमार मण्डल, विराटनगर बरगाछीका ८ वर्षीय सुमन तामाङ, विराटनगरका सौरभ सापकोटा र  कटहरीका मुकेशकुमार पासवानको उद्धार भएको हो ।

१३ वर्षका सापकोटालाई आफू केको लागि भारत गए भन्ने समेत जानकारी छैन । कक्षा ७ पास गर्ने बितिकै हिँडेका उनलाई भारतको कटिहार रेल स्टेशनबाट प्रहरीले फेला पारेर बालगृहमा पठाएको थियो ।

अर्का पासवान पनि झुक्किएर कटिहार पुगेको बताउँछन्  । कटहरी घर भएका पासवान फारविसगञ्ज जाने भन्दै गएका थिए ।

तर त्यहाँबाट रेल चढे कहाँ पुगिन्छ भन्ने समेत उनले पत्तो नपाएको सुनाए । फारविसगञ्चबाट जोगवनी जान्छु भनेर रेल  चढेका पासवान एक्कासी कटियार पुगेको सुनाउँछन् । उनी रेलबाट झरेको केही समयपछि नै प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै सुनिल कुमार मण्डल ३ वर्षदेखि भारत बिहारको कटिहारमा रहेको अली जफर मेमोरियल एजुकेशन ट्रष्टले संचालन गर्दै आएको बालगृहमा बस्दै आएका थिए । उनी भने आफ्नो आमा र बुबा पञ्जावमा रहेको कारण पञ्जाब जाने भन्दै गएका थिए ।

तर उनलाई पञ्जाव कहाँ हो भन्ने थाहा थिएन । उनी न पञ्जाव पुगे न घर नै फर्किन पाए । उनलाई रेलबाट झर्ने बितिकै भारतीय प्रहरीले पक्राउ ग¥यो । उनलाई ३ वर्षसम्म बालगृहमा राखिएको थियो । उद्धार गरिएका चारै जनालाई बिराटनगर ल्याएर आफन्तको जिम्मा लगाईएको छ ।  
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया