नेपालले थाइल्यान्डलाई १ सय २ रनको लक्ष्य दियाे
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
संसदीय सुनुवाइ विशेष समितिको बिहीबारको बैठकमा बाेल्ने पुष्पा भुसाल, सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।
समितिका सदस्य पाण्डेले समृद्धिको रटानलाई आधार मानेर राजदूत नियुक्तिको कामलाई अघि बढाइएको भन्दै आपत्ति पनि जनाउनु भयो । सरकारले समृद्धि भन्ने तर समृद्धिको भिजन नभएकाहरुलाई राजदूत नियुक्त गर्ने गरेको उहाँको आरोप छ ।
समितिकी अर्का सदस्य पुष्पा भुसालले देशको विदेश नीति कमजोर हुन पुगेकाे दावी गर्नुभयो । उहाँले देशको समृद्धिका लागि आवश्यक योगदान दिन सक्ने क्षमता भएकाहरुलाई राजदूत बनाउन नसक्दा विदेश नीति प्रभावकारी ढंगले अघि बढाउन नसकिएकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
यता, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने सरकारको विदेश नीति कमजोर रहेको भन्ने सांसदहरुको भनाइमा सत्यता नभएको दावी गर्नुभयो । उहाँले देशको विदेश नीति सुदृढ हुँदै गएको पनि बताउनु भयो । मन्त्री ज्ञवालीले समृद्धिको अभियानलाई तीव्रता दिन र कूटनीतिक सम्बन्धलाई अघि बढाउने गरी राजदूत नियुक्ति गरिएकाे दावी पनि गर्नुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले राजदूत पद रिक्त हुन नदिन सरकारले ३ महिना अघि नै नियुक्ति प्रक्रिया अघि बढाउने नयाँ व्यवस्था गरेको पनि समितिलाई जानकारी गराउनु भयो । गएकाे असार २४ गते बसेको मन्त्रिपरिषद बैठकबाट पारित गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा पद खाली हुनु ३ महिना अघि नै राजदूत नियुक्तिको प्रक्रिया सुरु गर्ने नयाँ व्यवस्था गरिएको छ ।
मन्त्री ज्ञवालीले राजदूत पद रिक्त हुन नदिन सरकारले यस्ताे व्यवस्था गरेको स्पष्ट पार्नुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले राजदूत नियुक्ति गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गरिएको पनि दावी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।