वाइडबडी विमान खरिद प्रकरणबाट सरकार पछि हट्ने पक्षमा छैन: सञ्चारमन्त्री बाँस्कोटा

 माघ २४, २०७५ बिहीबार १८:५४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वाइडबडी विमान खरिद प्रकरणबारे सरकारले छानबिन गरिरहेको स्पष्ट पार्नु भएको छ । 

मन्त्री बाँस्कोटाले त्यस विमान खरिद प्रकरणबाट सरकार पछि हट्ने पक्षमा नरहेको पनि बताउनु भयो । गएकाे सोमबार बसेको मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो प्रकरणका सम्बन्ध गठित छानबिन समितिका कुनै सदस्यले काम नभ्याए अरुलाई व्यवस्था गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।

उहाँले विपक्षी दलका नेता शेरबहादुर देउवाले समेत माग गरेपछि सरकारले सो प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरेको पनि दोहोर्‍याउनु भयो ।

मन्त्री बाँस्कोटाले संविधान संशोधन समय र आवश्यकताको आधारमा हुँदै जाने पनि बताउनु भयो । संघीय समाजवादी फोरम, नेपालले आफूहरुको माग अनुसार संविधान संशोधन तत्काल नभए सरकारबाट बाहिरिने चेतावनी दिईरहेको छ नि ? भन्ने संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले राजनीतिक पार्टीहरुको आग्रहमा भन्दापनि राष्ट्रिय आवश्यक्तालाई हेरेर संविधान संशोधन गर्ने सरकारको स्पष्ट नीति रहेको पनि बताउनु भयो ।

उहाँले सरकारले संघीयता अनुकूल हुनेगरी कानुन संशोधनको कामलाई अघि बढाएकाले संघीय समाजवादी फोरम, नेपालले उठाएको कतिपय विषय त्यसमा समेटिने दावीसमेत गर्नुभयो ।

 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया