चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेर जङ्गली हात्ती मकुना मर्याे
माघ २४, २०८१ बिहिबार
रुसमा जारी विश्वकपमा फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह सी अन्तर्गत विहीबार राति भएको खेलमा दक्षिण अमेरिकी प्रतिस्पर्धी पेरुलाई १–० गोलले हराउँदै फ्रान्सले विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
लगातार दोस्रो पराजयपछि पेरु भने विश्वकपबाट बाहिरिएको छ । पेरुले पहिलो खेलमा पनि डेनमार्कसँग १–० को पराजय ब्यहोरेको थियो ।
जितसँगै फ्रान्सको ६ अंक भएको छ भने विहीबारै भएको खेलमा अष्ट्रेलियासँग १–१ गोलको बराबरी खेलेको डेनमार्कको ४ अंक छ ।
अष्ट्रेलियाको १ अंक छ भने र पेरुले खाता खोल्न सकेको छैन ।
समूहको अन्तिम खेल फ्रान्सले डेनमार्कसँग र पेरुले अष्ट्रेलियासँग खेल्दैछन् । त्यस खेलले समूहको विजेता उपविजेता टुंगो लगाउनेछ ।
विहीबारको खेलको ३५औं मिनेटमा १९ वर्षीय स्ट्राइकर केलिन एमबाप्पेले गरेको गोल निर्णायक बनेको थियो ।
फ्रान्सका ओलिभर जिरोउडले प्रहार गरेको बल पेरुका गोलरक्षक पेड्रो पालेसले कलेक्ट गर्न नसक्दा एमबाप्पेले गोललाईन नजिकैबाट बललाई जाली चुमाएका थिए ।
दोस्रो हाफमा सुधारिएको खेल पदर्शन गरेको पेरुका केही प्रहार फ्रान्सेली रक्षापंक्तिले विफल पारिदिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।