कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
कैलाली – धनगढी प्रिमियर लिग(डीपीएल) मा सीवाईसी अत्तरियाले लगातार दोस्रो जित निकालेको छ ।
बिहीबार भएको खेलमा रुपन्देही च्यालेञ्जर्सलाई २९ रनले हराउँदै अत्तरियाले प्रतियोगितामा दोस्रो जित निकालेको हो । रुपन्देहीले भने प्रतियोगितामा दोस्रो हार व्यहोरेको छ ।
धनगढीको फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा नौ विकेट गुमाउँदे एक सय २१ रन बनायो ।
सुरुवाति ब्याटिङ राम्रो नभए पनि अत्तरियाका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेले । जारी प्रतियोगितामा अधंशतक बनाउने उनी तेस्रो खेलाडी बने । १६ रनमा दुई विकेट गमाएको अत्तरियाको पारीलाई ऐरीले उकासे ।
जयकिशन कोल्सावाल एक रनमा आउट भए भने सुविन्धु पाण्डे १२ रनमा आउट भएका थिए । त्यसपछि रित गौतमले ऐरीसँग मिलेर ५७ रनको साझेदारी गरे । रित १२ रनमा आउट हुँदा अत्तरियाको स्कोर ७३ रन थियो । त्यसपछि सन्दिप जोरा मात्र दुई रनमा आउट भए भने दिपेन्द्र ऐरी ६७ रनमा पेभेलियन फर्किँदा अत्तरियाले एक सय सात रनमा ५ विकेट खेर फाल्यो ।
तर त्यसपछि भने उसका कुनै पनि खेलाडीबीच राम्रो साझेदारी भएन । उसका लागि पुछारका खेलाडी भुवन कार्कीले खाता खोल्न सकेनन् भने जितेन्द्रसिंह ठकुरीले तीन रन बनाए । यस्तै सन्नी पटेलले १२ रन जोडे ।
बलिङमा रुपन्देहीका ललित भण्डारी र विक्रम सोबले दुई–दुई विकेट लिए ।
जवाफमा रुपन्देहीले २० ओभरमा ८२ रनमै अलआउट भयो । अत्तरियाको बलिङको अगाडि कमजोर सुरुवात गरेको रुपन्देहीले ४७ रन बनाउँदा आठ विकेट गुमायो । उसका ओपनर प्रदिप ऐरीले १४ रन बनाए भने सन्दिप सुनारले १५ रनको योगदान गरे । य
स्तै विनोद भण्डारीले १० रन बनाउँदा अरु खेलाडी एकोहोरो रुपमा आउट भए । उसका बाबर हायात र पुनित मेहराले खाता खोल्न सकेनन् भने भिम सार्की, बसन्त रेग्मी मात्र एक–एक रनमा आउट भए ।
यस्तै कृष्ण कार्की दुई रनमा पेभेलियन फर्किए । विक्रम सोब १४ रनमा बाहिरिए ।
रुपन्देहीलाई कम स्कोरमा रोक्न सन्नी पटेल, भुवन कार्की र दिपेन्द्र रावतले दुई–दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।