फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बुलबुल’ प्रदर्शनमा

 फागुन ३, २०७५ शुक्रबार ११:२६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शनमा आएको छ । 

निर्माण युनिटले चलचित्र प्रचारका लागि नयाँ–नयाँ शैली अपनाएको थियो । फ्ल्यासमोब शैलीमा देशका ५ ठूला सहरबाट पहिलो गीत सार्वजनिक गरेर रचनात्मक प्रचारको थालनी गरेको निर्माण समूहले त्यसपछि सार्वजनिक दुई टिजरमा चलचित्रका धेरै दृश्य नदेखाई एउटै दृश्यबाट चलचित्रका दुई मुख्य पात्रलाई दर्शकसामु प्रस्तुत गरिएकाे थियो ।

चलचित्र‘बुलबुल’बाट नै अभिनेता मुकुन भुषालले चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनी चलचित्रमा चोपेन्द्र नामको पात्रका रुपमा प्रस्तुत भएका छन् । फरक प्रचार शैलीलाई निरन्तरता दिँदै निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको थियो । स्वस्तिमाले आफ्नै चलचित्रमा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएको प्रचार सामग्रीलाई दर्शकले रुचाएका थिए । 

चलचित्रको निर्देशन विनोद पौडेलले गरेका हुन् । ‘साँघुरो’का लेखकसमेत रहेका पौडेलको यो डेब्यू निर्देशन हो ।  चलचित्र‘बुलबुल’ ले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गरेको छ ।  चलचित्रमा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी  छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । 

चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् ।

चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया