नेपालले थाइल्यान्डलाई १ सय २ रनको लक्ष्य दियाे
माघ १९, २०८१ शनिबार
भक्तपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक वर्षको अवधिमा नागरिकले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।
नेपाली कांग्रेस भक्तपुरले आज मध्यपुर थिमिको शंखधर चोकमा आयोजना गरेको विरोधसभामा बोल्दै उहाँले सरकारले एक वर्षको अवधिमा नागरिकलाई करको भार मात्रै बढाएको बताउनुभयो । सभापति देउवाले नागरिकको पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउदै दुई तिहाईको आडमा सरकारले अप्रजातान्त्रिक गतिविधिहरु गरिरहेको जिकिर गर्नुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘देशमा हत्या, हिंसा, बलात्कारका घटना बढे पनि सरकारले दोषीलाई कारबाही गर्न सकेको छैन, यस्ता घटना नियन्त्रण गर्न पनि सरकार असफल भयो सरकारले चाहे निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्न सक्छ तर सरकारले चाहेन ।’
कार्यक्रममा नेता प्रकाशमान सिंहले सरकारले नागरिकले मुल्यांकन गर्न मिल्ने गरी कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो । नेता सिंहले कम्युनिष्ट सरकारले संघीयतालाई बचाउन सक्ने गरी काम गर्न नसकेको आरोप लगाउनुभयो ।
कार्यक्रममा कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले सरकारले नागरिकलाई कर र महंगी दिएको आरोप लगाउँदै घोषणा गरे पनि कामको कार्यान्वयनमा सरकार अगाडि बढ्न नसकेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दूर्लभ थापा, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन थापा, क्षेत्र नं. २ का सभापति नारायण खायमली लगायतका नेताहरुले सरकारले नागरिकको मन जित्ने र व्यवहारमा देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।