च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
डोल्पा, वैशाख ३१ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरेका छन् ।
उनीहरुले नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेकपा डोल्पाका कार्यकर्तालाई लैजान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी सोमबार छुटाएर लगेका हुन् ।
नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९, घर भएका नेकपाका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो ।
सोमबार बिहानै त्रिपुराकोट प्रहरी चौकीबाट स्कर्टिङ गरेर सदस्य शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लगिंदै थियो । यसै क्रममा ठूलीभेरी नगरपालिका–९, अन्तर्गत पर्ने भेत्तिडाँडोमा नेकपाका जिल्ला इन्चार्ज अजित विष्टको नेतृत्वमा आएको पाँचजनाको समूहले प्रहरी हवल्दार धनसिं कठायत र प्रहरी जवान जयलाल बस्नेतमाथि आक्रमण गरी छुटाएर लगेको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताउनुभयो ।
आक्रमणबाट प्रहरी हवल्दार कठायत र प्रहरी जवान बस्नेतलाई सामान्य चोट लागेको बताइएको छ ।
आक्रमणकारीलाइ छिटोभन्दा छिटो पक्राउ गर्नका लागि त्रिपुराकोट जुफाल, कालागौडा र दुनैबाट ३५ प्रहरी परिचालन गरिएको पनि प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिनुभयो ।
बन्दका क्रममा पक्राउ परेका सागर शाहीसहित विवश शाही र दिनेश सिंहलाई भने प्रहरीले आइतबार साँझ नै छोडिसकेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।