९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा ४ वटा बैंक तथा वि...
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौंदेखि देशको विकास र समृद्धिको अटुट सपनालाई यथार्थमा रुपान्तरण गर्न सबैलाई आ–आफ्नो स्थानबाट योगदान पुर्याउन आह्वान गर्नुभएको छ ।
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार सैनिक मंच, टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको समृद्धिको दशकौं देखिको सपनालाई पूरा गर्न सबैलाई आ–आफ्नो स्थानबाट योगदान पुर्याउन पुनः आह्वान गर्नुभएको हो ।
त्यस अवसरमा उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवगाथाको उल्लेख गर्दै जन्मसिद्ध श्रेष्ठताको आधारमा स्थापित शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गर्न सफल भएकोमा गौरवको अनुभूति भएको पनि स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार 'समृद्ध नेपाल, सुखी नेपाली' को ध्येयका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको पनि दोहोर्याउनुभयो । उहाँले देशलाई समृद्ध बनाउने अभियानमा मित्र राष्ट्रहरुको सहकार्य हुने अपेक्षा गरिएको पनि बताउनुभयो ।
'स्वदेश र विदेशका लगानीकर्ताहरुको संलग्नतामा आउँदो चैत महिना लगानी शिखर सम्मेलनको आयोजना गरिदैछ' उहाँले भन्नुभयाे, 'लोकतन्त्र प्राप्तीको ७ दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रहरुको पनि नैतिक समर्थन प्राप्त गरेका थियौं । यसका लागि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।'
समृद्धि प्राप्तिको यस सहयात्रामा मित्र राष्ट्रहरुको समेत सङ्लनता हुने र लगानी शीखर सम्मेलनमार्फत् विकास अभियानमा सहकार्य हुने विश्वास रहेकाे पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे ।
यसै क्रममा उहाँले देशलाई समृद्ध राष्ट्रका रुपमा स्थापित हुन नदिन विभिन्न दुष्प्रयास भइरहेको र त्यस्ता तत्व विरुद्ध कडाइका साथ आफू प्रस्तुत हुने पनि स्पष्ट पार्नुभयो । उहाँले देशलाई पछाडि फर्काउने कुचेष्टा नगर्न पनि सबैलाई सचेत गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।