प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
रुकुमपश्चिम - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले वर्तमान सरकारको लोकप्रियता देखेर प्रमुख प्रतिपक्षमा रहेको कांग्रेस आत्तिएको बताउनुभएको छ ।
कांग्रेसले बनाएको भ्रष्टाचारको जालोलाई तोड्दै गर्दा प्रतिपक्षी आत्तिएको बताउदै उहाँले मुलुकलाई समृद्धिको बाटोमाअगाडि बढाउन भ्रष्टाचार रोक्नैपर्ने जनाउनुभयो । भ्रष्टाचार विकासको बाधक भएकोले सरकार यसतर्फ सचेत भएको उहाँको भनाइ छ ।
रुकुमपश्चिमको चौरजहारीमाभएको प्रथम चौरजहारी बृहत महोत्सवलाई सम्बोधन गर्दै मन्त्रीयादवले सरकार जनताको जनादेश विपरीत गएर कहिले पनि काम गर्न नसक्ने दावी गर्नुभयो । ठूलो योगदानबाट नेपालमा संघीयताआएकाले यसलाई कार्यान्वयनगर्नको लागि सबैको भूमिका रहने उहाँको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री यादवले सरकारले आवश्यक नयाँ ऐन कानुन निर्माण तथा पुरालाई संशोधनगर्ने कामलाई तीव्रता दिएको जानकारी गारउनुभयो । उहाँले संविधानअनुसार तीनै तहको अधिकार सुनिश्चितहुने समेत बताउनुभयो ।
मन्त्री यादवले विदेशबाट सीप सकेर आएका युवाहरुलाई व्यवसाय सञ्चालनको लागि सहुलियत ऋणको व्यवस्था भएकाले गाउँमै उत्पादनमा जोड दिएर आर्थिक आम्दानीमा लाग्न आग्रह गर्नुभयो । उहाँले गाउँका कृषिवस्तुको उत्पादनको बजारीकरण सरकारले गर्नेसमेत जनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।