नेपालले थाइल्यान्डलाई १ सय २ रनको लक्ष्य दियाे
माघ १९, २०८१ शनिबार
काठमाण्डौ - खानेपानी मन्त्री विना मगरले मेलम्ची आयोजना आफ्नो सफलतासँग जोडिएको आयोजना भएकाले यसमा कसैको पनि गिद्धेनजर लाग्न नदिने स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारकाे बैठकमा सांसदहरुले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्री मगरले मेलम्ची आयोजनालाई सम्पन्न गर्न आफू गम्भीरताका साथ लागेको बताउनुभयो ।
‘मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो, मेलम्ची उपत्यकावासी नागरिकका लागि निकै महत्वपूर्ण आयोजना हो, त्यो सँगसँगै मेलम्ची मेरो व्यक्तिगत सफलतासँग जोडिएको आयोजना पनि हो’, उहाँलेभन्नुभयो, ‘त्यसैले मेलम्चीमा कुनै पनि गिद्धे नजर पर्न दिनेछैन मैले त्यसमा तपाईँहरु विश्वस्त हुनुहाेस् ।’
पछिल्लो समयमा मन्त्रीले राष्ट्र नै डुबाउने गरी मेलम्चीको काममा ढिलाई गरेको कमिसनमा लागेको जस्ता प्रचार गरिएको प्रति आफू गम्भीर भएको भन्दै यस्ता हिसाब किताब आफूलाई नआउने बताउनुभयो ।
‘मैले देखेको फर्मुला भनेको पहिलो प्रायोरिटी मेलम्ची आयोजना प्लस सीएमसी कम्पनी इज इक्वेल टु काठमाण्डौवासी भन्ने हो’, उहाँले भन्नुभयो, ‘त्यही फर्मुलामा राखेर काम गरियोस् भन्ने सचिवलाई मेरो निर्देशन थियो तर सचिवले काम गरेको पाईन । स्वभाविक रुपमा अरु मन्त्रालयका सचिव पनि सरुवा गरिएको छ ।’
मन्त्रीले यति खायो उति खायो भनेर मिडियाले अनर्गल प्रचार गरेको भन्दै उहाँले यस्ता नियोजित प्रचारबाजीमा नलाग्न आग्रह पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।