ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सन्धिखर्क – प्रदेश पाँचको पहाडी जिल्ला अर्घाखाँची उन्नत बीउमा आत्मनिर्भर बन्न थालेको छ ।
बाहिरी जिल्लाबाट आयात गरिएका बीउहरु नउम्रने र राम्रो उत्पादन नहुने भएपछि जिल्लामा रहेका विभिन्न कृषि समुह तथा सहकारीहरु बीउ उत्पादनमा लागेका छन् ।
जिल्लालाइ बीउ उत्पादनमा नमुना जिल्ला बनाउने गरी काम अगाडि बढेको छ । खाद्यान्न बालीतर्फ मकै, धान र गहुँको बीउ उत्पादन भएको छ । तरकारी बालीतर्फ बोडी, सिमी, केराउ र मुलाको बीउ उत्पादन भएको छ ।
विभिन्न सहकारी र समूहमार्फत हालसम्म यस जिल्लाबाट बजारमा करिब ४सय २५ मेट्रिक टन बीउ बिक्री भइसकेको छ । बीउ उत्पादनमा किसानका लागि उन्नत बीउबिजन कार्यक्रम (केयुबिके) ले कृषक, समूह र सहकारीलाइ सहजीकरण गरिरहेको छ ।
केयुबिकेबाट कृषकहरुलाई उनीहरुकै बीउ उत्पादनको लागि तयार गरिएको व्यवसायिक योजना अनुसार विभिन्न शिर्षकहरुमा शिर्षकअनुसार २५ प्रतिशतदेखि १०० प्रतिशत सम्मको अनुदान व्यवस्था समेत गरिएको छ ।
किसानहरुले केयुबिकेबाट उत्पादित बीउ एक पटक प्रयोग गरिसकेपछि फेरि फेरि खोज्ने गरेको नयाँ नेपाल एग्रोभेटका सञ्चालक युवराज पौडेलले बताउनुभयो ।
यस जिल्लामा उत्पादन भएको बीउमा न्यूनतम उमारशक्ति ९० प्रतिशतभन्दा माथि रहेको छ । उन्नत बीउ उत्पादन कार्यक्रम सञ्चालन भएपछि बीउको प्रतिस्थापन दर पनि हरेक वर्ष वढदै गएको छ ।
अर्घाखाँची जिल्लामा उन्नत बीउ उत्पादन कार्यक्रम आ.व.२०७२।७३ देखि सुरु भएको हो । अहिले जिल्लामा ६८ वटा कृषक समूह र सहकारीले सकृय रुपमा बीउबिजन उत्पादनको काम गरिरहेको केयुबिकेका जिल्ला बिजनेस एडभाइजर वाबुराम चुदालीले बताउनुभयो ।
बीउको बजारीकरणको लागि अर्घाखाँची उद्योग वाणिज्य संघले जिल्लाभित्रका स्थानीय एग्रोभेट र खाद्यान्न बालीको लागि जिल्ला बाहिरका बीउ कम्पनीहरुसँग सम्झौता गरी न्यूनतम समर्थन मूल्य कायम गरेर सहजीकरण गर्दै आएको छ ।
प्राविधिकहरुको प्रत्यक्ष रेखदेखमा शुद्धता र उमारशक्तिको लागि ल्याक परीक्षण गरेर प्रतिवेदनको आधारमा टयागिङ र ब्यागिङ गरि बजारमा पठाइने हुनाले केयुबिकेबाट उत्पादत बीउको अर्डर सबैतिरवाट आउने गरेको छ ।
किसान लागि उन्नत बीउबिजन कार्यक्रमले अर्घाखाँची जिल्लाको डिभर्नामा जालकाँडा बाख्रापालन समुहमा समुदायमा आधारित नेपालकै पहिलो वोयर ब्रीडर हर्ड सञ्चालनमा ल्याएको छ ।
हालसम्म यहाँका किसानहरुले वोयर पाठा–पाठी बिक्रीबाट एक करोड पच्चीस लाख रुपैयाँ आम्दानी गरिसकेका छन् ।
अहिले करिब १०० जति पाठाहरु बिक्रीका लागि तयारी अवस्था हुन लागेका छन् । यस आर्थिक वर्षमा थप करिब एक करोड पचास लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको बाख्रापालन समूहका अध्यक्ष गोपाल बस्याल बताउनुहुन्छ ।
वोयर व्रिडर हर्डमा सुरक्षा, गुणस्तरीयता, स्वास्थ्य,शुद्धता र सवै वाख्राहरुको अभिलेखीकरणमा विशेष ध्यान दिएको अध्यक्ष बस्यालको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।