इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदै
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न माग गरिएको रोजगार संयोजकका लागि आइतबार परीक्षा सुरु भएको छ ।
७५३ स्थानीय तहका लागि खुलाइएको विज्ञापनमा आवदेन दिएकामध्ये छनोटमा परेकाहरुको परीक्षा शनिबार र आइतबार ललितपुरको पुल्चोकमा रहेको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुनेछ । ७ सय ५३ जनाका लागि २३ हजार ९ सय ६८ जनाको आवेदन परेकोमा पहिलो चरणबाट २२ सय ५९ जना छानिएका थिए ।
आवेदकको शैक्षिक योग्यताको लब्धाङ्क प्रतिशत र अनुभवका आधारमा प्रारम्भिक छनोट गरिएको हो । रोजगार संयोजकको भर्ना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै सरकारले नेपालमै पहिलो पटक अनलाइनबाटै परीक्षा लिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले बताउनुभयो ।
रोजगार संयोजकले स्थानीय तहमा रहेका बेरोजगार व्यक्तिको तथ्याङक सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् ।
यस्तै रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्नेछन् । बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालाई सहजीकरण गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।