सरकारी निर्णय तत्काल फिर्ता नभए आन्दाेलन गर्ने विद्यालय स्रोतव्यक्तिहरुकाे चेतावनी

 फागुन १२, २०७५ आइतबार १८:३६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विद्यालय स्रोतव्यक्ति समाज केन्द्रीय समितिले स्रोतव्यक्तिको काज फिर्ता र अवकास दिने सरकारी निर्णय तत्काल फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।  

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी समितिले स्रोत व्यक्तिहरुलाई पदमुक्त गर्ने वा काज फिर्ता गर्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएको हो ।

सरकारले कार्यकर्ता भर्ती गर्नका लागि स्रोतव्यक्तिको काज फिर्ता र अवकास दिने निर्णय गरेको आरोप समितिले लगाएको छ । स्रोतव्यक्ति समाजका पूर्व अध्यक्ष तथा संघर्ष समितिका अध्यक्ष रामबाबु ढकालले बन्दुक बोकेकाले सत्ता चलाउने तथा कलम बोक्न सिकाउनेलाई राज्यले विभेद गर्ने भन्दै गुनासो गर्नुभयो ।

उहाँले सरकारी निर्णयविरुद्ध उपत्यका केन्द्रित आन्दोलन चर्काउने चेतावनी पनि दिनुभयो ।

देशभरका १ हजार ५३ स्रोतव्यक्तिहरुमध्ये स्थायी शिक्षकबाट नियुक्त भई काजमा स्रोतव्यक्ति भएकालाई काज फिर्ता र बाँकी ७५ जनालाई अस्थायी शिक्षक सरहको सुविधा दिई काममा लगाउने निर्णय गरेपछि शिक्षा मन्त्रालयले सोही अनुसार मातहतलाई पत्राचार गरेको छ ।

संघर्ष समितिले दरबन्दी सिर्जना गरेर शिक्षा मन्त्रालय अन्तर्गत कार्यरत रहेकै स्थानीय तहमा स्रोतव्यक्तिको व्यवस्थापन गरिनुपर्ने माग गरेको छ ।  

 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया