रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
रियल बेटिसलाई समग्रमा ३–२ गोलअन्तरले पराजित गरेपछि भ्यालेन्सियाले स्पेनिस कोपा डेल रे मा बार्सिलोनासँगको उपाधि भिडन्त पक्का गरेको छ । पहिलो लेगमा २–२ गोलको बराबरी भए पनि घरेलु मैदानमा भएको दोस्रो लेगमा भ्यालेन्सियाका लागि रोनी रोड्रिगोले निर्णायक गोल गरे ।
पहिलो लेगमा अन्तिम समयमा बराबरी गोल फर्काएका केभिन गेमिरोको पासमा ५६औं मिनेटमा रोड्रिगोले गोल गरेका हुन् । चीर प्रतिस्पर्धि रियल मड्रिडलाई समग्रमा ४–१ गोलअन्तरले पछि पार्दै साविक विजेता बार्सिलोना यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।
सेमिफाइनलबाट बाहिरिएसँगै रियल बेटिसले आफ्नै मैदानमा हुन लागेको कोपा डेल रे फाइनल गुमाएको छ । बार्सिलोनाले कोपा डेल रे मा कीर्तिमान ३० उपाधि जितिसकेको छ ।
त्यस्तै पछिल्लो चार सिजन बार्सिलोना मात्र विजयी हुँदै आएको छ । यस सिजन महत्वपूर्ण तीन उपाधि जित्ने अवसर पनि बार्सिलोनाका लागि अझै जीवित छ ।
भ्यालेन्सियाले भने पछिल्लो पटक सन् २००८ मा कोपा डेल रेको उपाधि उचालेको थियो । तत्कालीन प्रशिक्षक रोनाल्ड कोम्यान र खेलाडीहरु डेभिड सिल्भा, जुहान माटा र डेभिड भियाका कारण त्यो सम्भव भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।