ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने मध्येका एक हुन् अर्जुन घिमिरे । ३७ वर्षीय घिमिरेलाई पशुपति आर्यघाटमा दागबत्ती दिनासाथ दुई महिला बेहोस भए । एक जना उनकी आमा मिठु घिमिरे र अर्की उनकी श्रीमती ।
दुवैजनालाई आर्यघाटमै रहेको वैद्यखानामा लगियो । वैद्यको उपचारपछि होसमा आएकी आमा मिठुले भनिन्, ‘हिजो तिम्रो बुबाको छ महिने मासिक थियो, हिजै नै तिमिले छाडेर गएको सुन्नु पर्यो ।’
बुधबार नै घटना भएको भए पनि रामेछापको उत्तरी दुर्गममा रहेको उमाकुण्ड गाउँपालिकाको पेकरनासमा रहेकी मिठुलाई अर्जुन बितेको सुनाइएनछ । गम्भीर घाइते छन् भेट्न जाउँ भनेर गाउँलेहरुले उहाँलाई लिएर आएका रहेछन् ।
बुधबार घटनाबारे सुनेपछि हिँडेको भए पनि हिउँका कारण बिहीबार साँझ मात्र काठमाण्डौ आइपुगेकी मिठुले बुहारी भेटेपछि मात्र छोरो संसारमा नरहेको जानकारी पाइन् ।
अर्धचेत अवस्थामा रहेकी मिठु बारम्बार पतिको वियोगमा बरखी बारिरहेको बेलामा छोरो पनि गुमाउनु परेको भन्दै बढी घात गर्दै थिइन् ।
अर्जुनका बाबु ६ महिना अघि उपचारको क्रममा काठमाण्डौमा बितेका थिए । त्यसबेला पनि गाउँमै रहेकी मिठुमाया श्रीमान् बितेको खबर पाएपछि रातारात काठमाण्डौ आएकी थिइन् ।
अर्जुन बिहीबार बाबुको ६ महिने मासिक गर्नको लागि बुधबार एकछाकी बस्ने तयारीमा थिए । आँखामा समस्याका साथै टाउको दुखेको कारण औषधि खाइरहेका अर्जुन मन्त्री अधिकारीले भ्रमणमा जान भनेपछि एकछाकी बसिरहेकै अवस्थामा मन्त्रीसँग गएका उनका आफन्तले बताए ।
कम बोल्ने, सबैको आदर गर्ने, अर्जुन दुई दाजुभाइमध्येका जेठा हुन् । उनका तीन जना दिदीबहिनीको विवाह भैसकेको छ ।
अहिले कीर्तिपुरमा घर बनाएर बसेका अर्जुनका ९ वर्षीय छोरा र श्रीमती छन् । अर्जुनका भाई भिमसेन घिमिरे पनि नेपाली सेनामै कार्यरत छन् । जम्दार पदका अर्जुन गएको भदौ महिनादेखि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको व्यक्तिगत सुरक्षा अधिकृतको रुपमा कार्यरत थिए । उनले २०५८ सालबाट नेपाली सेनामा जागिर सुरु गरेका हुन् ।
दुर्घटनामा ज्यान गुमाएका अर्जुनकी वृद्ध आमा श्रीमानको वार्षिकी बारेर पीडामा रहेको र त्यसैबेला छोरो गुमाउँदा पनि दुर्गम् गाउँबाट हिउँ र पानी झेल्दै काठमाण्डौ आउँदा सरकारले उनलाई काठमाण्डौ ल्याउन कुनै पहल नगरेको भन्दै पशुपतिमा भेला भएका उनका आफन्तले दुखेसो गरे ।
मृतककी बहिनी ईन्दिराले भनिन्, ‘हामी त साना मान्छे, वास्ता पनि नहुँदो रहेछ, पीडामाथि पीडा भोगेकी आमा मन्थलीसम्म हिउँले ढाकेको कच्ची बाटोमा आउनुपर्दा कति पीडा भयो होला, बुझिदिने कसले ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।