नाम्खा गाउँपालिकामा भुस्याहा कुकुरको बिगबिगी

कुकुरले टोकेका दुई पशु मरे

 जेठ १, २०७५ मंगलबार १३:४३:७ | रमेश ऐडी
unn.prixa.net

भुस्याहा कुकुर

हुम्ला, जेठ १ – हुम्ला जिल्लाको उत्तरी तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा भुस्याहा कुकुरहरुको बिगबिगीले त्रास फैलाएको छ ।

भुस्याहा कुकुरले २ वटा पशु चौपायलाई  टोकेपछि कुकुरको त्रास झनै फैलिएको हो । कुकुरले टोकेका दुई पशु मरेपछि पालिकाभर छाडा छोडिएका कुकुरबाट पशु चौपायलाई जोगाउन झनै अप्ठ्यारो भएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताउनुभयो ।

वडा नम्बर–२, केर्मीगाउँमा दुईवटा याकलाइ कुकुरले टोकेर मारेपछि कुकुरलाई नियन्त्रण लिन रेविजको सुई लगाउने अभियान चलाएको अध्यक्ष लामाले जानकारी दिनुभयो । त्यो गाउँपालिकाको हेप्का खगालगाउँ, मुचु केर्मी, च्याछरा, यागार एल्वाग तुम्कोटलगायतका अधिकांश गाउँमा छाडा कुकुरहरुले चौपायलाई टोक्न थालेपछि त्यसको असर स्थानीयबासीमा परेपछि पालिकास्तरमा रेविज विरुद्धको अभियान चलाएको छ ।

सदरमुकाम सीमकोटबाट औषधि खरिद गरी गाउँपालिकाको आर्थिक सहयोगमा दुई टोली गाउँपालिकाको गाउँहरुमा खटाइ सुई लगाउने काम भैरहेको नाम्खा गाउँपालिका पशु विभाग प्रमुख पठाने बुुढाले बताउनुभयो । पालिकाभर स्थानीयबासीहरु बौद्धधर्मालम्बी मात्र बसोबास गर्ने हँदा कुनै चौपायलाई बध गर्न नमिल्ने भन्दै कुकुरका बच्चाहरुलाइ नमार्दा गाउँभरी कुकुर छाडा रुपले वृद्धि भएकोले पनि समस्या भएको अध्यक्ष लामाले बताउनुभयो । 

भुस्याहा कुकुरका कारण त्यस क्षेत्रमा चौपाय चराउन लैजान समेत प्रभाव भएको जनाइएको छ । घरपालुवा कुकुरबाट जन्मेका सबै कुुकुरका छाउरा घरभित्र भन्दा बाहिर छाडा छोडिँदा पालिकाभर बिगबिगी भएको जनाइएको छ । 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया