च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जीन पीङको नेपाल भ्रमण उपयुक्त समयमा हुने विश्वास व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीले आफूसँगको शिष्टाचार भेटमा नेपाल भ्रमण उपयुक्त समय गर्ने बताउनु भएको जानकारी गराउनुभयो । चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आइतबार बिहान स्वदेश फर्कनु भएको उहाँले त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग चीनका राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको नेपाल भ्रमणको मिति दुवै मुलुकको सुविधालाई हेरेर तय हुने जानकारी गराउनुभयो । चीनका राष्ट्रपति सीले गएको बुधबार प्रधानमन्त्री ओलीसँग आफू नेपाल भ्रमणमा आउने बताउनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।