चितवनको भरतपुर महानगरमा पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवा...
माघ १३, २०८१ आइतबार
काठमाडौं – आईपीएल क्रिकेटका बेला सट्टेबाजीमा रकम राख्न लगाई रकम लिएक फरार एक जनालाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुर घर भई काठमाडौं पानीपोखरी बस्ने अमृतका नामले चिनिने ४८ वर्षका नथमल अग्रवाल रहेका छन् ।
अग्रवालले आईपीएल चलिरहेको समयमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुने र हारेमा रकम फिर्ता हुने लोभ देखाई महोत्तरी घर भई काठमाडौं सिफल बस्दै आएका राकेश सिंहसहित अन्य व्यक्तिहरुबाट दुई करोड ४० लाख रुपैयाँ लिएर फरार भएका थिए ।
पीडित व्यक्तिहरुले महानगरीय प्रहरी अपराध महाशाखामा यसै व्यहोराको उजुरी गरेपछि प्रहरीले शनिबार अग्रवाललाई पानीपोखरीबाट पक्राउ गरेको हो ।
पक्राउपछि थप अनुुृसन्धान जारी रहेको प्रहरीले जनाएको छ । ठगी प्रमाणित भएको खण्डमा मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।