मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरगञ्जको विपी उद्यानलाई शहीद पार्क बनाउने प्रदेश सरकारको निर्णय दूराशयपूर्ण भएको भन्दै निर्णय सच्याउन माग गरेको छ ।
प्रतिनिधिसभाको विहीबारको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले विपी उद्यानलाई शहीद पार्क बनाउने २ नम्बर प्रदेश सरकारको निर्णय दूराशयपूर्ण भएको टिप्पणी गर्नुभयो ।
उहाँले नेपाली कांग्रेस र कांग्रेसका नेताको इतिहास मेटाउने काम भए शसक्त विरोधमा उत्रने चेतावनी दिनुभयो । उहाँले प्रदेश सरकारलाई निर्णय सच्याउन निर्देशन गर्नका लागि केन्द्र सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो “मधेसबाट, तराईबाट नेपाली कांग्रेसको नाम निसाना, नेताको नाम निसान मेटाउने कदमको हामी घोर भर्त्सना गर्दछौँ । सभामुखमार्फत प्रदेश सरकारलाई निर्देशन गर्नका लागि सरकारलाई निवेदन गर्छौ । ”
प्रदेश नम्बर २ को सरकारले शहीद दिवसका दिन विशेष कार्यक्रम गरी विपी उद्यानमा शहीद पार्क बनाउने भन्दै औपचारीक उद्घाटन गरेपछि नेपाली कांग्रेसले त्यसको विरोध गर्दै आएको छ । विपी उद्यान बनाउनका लागि विरगञ्ज नगरपालिकाले २०६० सालमा यातायात संस्थानबाट १० विघा जग्गा खरिद गरेको थियो । यही स्थानमा शहीद पार्क बनाउने भन्दै प्रदेश सरकारले रकम निकासा पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।