मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका डा. सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो । जिल्ला अदालत रौतहटले गएको मंसिर २० गते राउतलाई राज्यविरुद्धको सांगठनिक अपराध अन्तर्गत पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
जिल्ला अदालतकाे आदेशविरूद्ध राउतले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पुनरावेदन दिए पनि पुनरावेदनले जिल्ला अदालतकै आदेश सदर गरिदिएको थियो ।
त्यसपछि राउतले आफूलाई गैरकानुनी रुपमा पक्राउ गरिएकाे भन्दै सर्वोच्च पुगेका थिए।
सर्वाेच्च अदालतले जिल्लाकाे आदेश बदर गर्दै राउतलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।