मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ
माघ १९, २०८१ शनिबार
काठमाण्डौ - मधेसमा पृथकतावादी अभियान चलाउँदै आएका सीके राउतसँग सरकारले गरेको सहमतिलाई लिएर सत्तारुढ दलकै नेताहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ ।
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकारले गरेको सहमतिको विरोध गर्नेहरुलाई कवितामार्फत नै व्यंग्य गर्नुभएको छ ।
सहमतिमा नेताहरुले गल्ती नै गरेको भए पनि देश बचाउन एक से एक नेताहरु छन् भन्दै नेकपाका स्थायी समिति सदस्य समेत रहेका रिमालले सामाजिक सञ्जाल ट्वीटरमार्फत व्यंग्य गर्नुभएको हो ।
आफ्नै पार्टीका नेता भिम रावलप्रति लक्षित गर्दै रिमालले उहाँहरु जन्मनुअघि यो देश कसरी जोगियो होला यो सम्झिँदा झनै आङ सिरिङ्ग हुन्छ भन्दै आश्चर्य पनि व्यक्त गर्नुभएको छ ।
नेताहरू--
— Bishnu Rimal (@BishnuRimal) March 11, 2019
झुक्किए, फसे वा फसाईए
या तिनिहरूले गल्ति नै गरे पनि
कोईवात छैन- हामी धन्य छौं
मुलुक जोगाउने 'एक-से-एक उहॉ'हरू हुनुहुन्छ।
आङ् सिरिङ्ग हुन्छ
र, साह्रै आश्चर्य लागि रहेको छ,
'उहॉहरू'को जन्म अघि
यो मुलुक कसरी जोगिए छ?!
सहमतिलाई लिएर नेता भिम रावलले कडा टिप्पणी गर्नुभएको थियो । नेता रावलले पनि रिमाललाई जवाफ दिँदै ट्वीटरमा लेख्नुभएको छ, ‘देश टुक्र्याउने घोषणा गर्नेलाई नायक बनाउने काम नगरौँ, तराई विभाजन गर्ने षड्यन्त्रबाट सचेत हौँ ।’
दलालहरूको आँखामा दलालै संसार!
— Bhim Rawal (@BhimRawal179) March 11, 2019
देश टुक्र्याउने घोषणा गर्नेलाई नायक बनाउने काम नगरौ, नेपालको तराईलाई विभाजन गर्ने षडयन्त्रबाट सचेत हौं भन्ने दलाल हुने, देश विभाजनको षडयन्त्र गर्नेलाई बोक्ने र प्रसंशा गर्ने खाँटि इमान्दार ! कुतर्कको पराकाष्टा !
सहमतिमा उल्लेख भएको ‘जनअभिमत’ भन्ने शब्दको पार्टीभित्रबाटै चर्को विरोध भइरहेका बेला नेताहरु सामाजिक सञ्जालमा नै आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।