चितवनको भरतपुर महानगरमा पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवा...
माघ १३, २०८१ आइतबार
महोत्तरी – मिथिलाञ्चलको प्रसिद्ध १५ दिवसीय माध्यमिकी परिक्रमाअन्तर्गतको धार्मिक टोली आज महोत्तरीको मडै आइपुगेकाे छ । विभिन्न किसिमको भजन किर्तन एवं झाँकीसहितको धार्मिक टोली साेमबार बिहान महोत्तरी गाँउपालिका वडा नं. ३ मा पर्ने धार्मिक स्थान मडई आइपुगेकाे हाे ।
धार्मिक टोलीलाई प्रदेशसभा सदस्य सुरिता साह, गाँउपालिका अध्यक्ष सुनिलकुमार राय, उपप्रमुख सितादेवी साह, वडाअध्यक्ष रामस्नेही यादवलगायतले स्वागत गरेका छन् ।
गएकाे बुधबार धनुषाको कचुरीस्थित मिथिलाबिहारी मठबाट मिथिलाबिहारी तथा जनकपुरको अगिणीकुण्डबाट किशोरीजीको डोलाको नेतृत्वमा सुरु भएको मिथिला माध्मिकी परिक्रमाका यात्रुहरु हनुमान नगर, भारतको कलाणेश्वर, गिरिजा स्थान हुदैँ शनिबार महोत्तरीको मटिहानी, आइतबार जलेश्वर, हुँदै साेमबार मडै आइपुगेको छन ।
याे धार्मिक टोली मंगलबार ध्रुवकुण्ड प्रस्थान गर्नेछ । त्यसपछि क्रमशः ध्रुवकुण्ड, कञ्चनवन, हुँदै धनुषाको पर्वता ,धनुषाधाम, सतोषर, औरहीमा राति विश्राम गरी पुनः भारतको बिशौल, करुणा हुँदै पूर्णीमाको अघिल्लो रात जनकपुर फर्किने कार्यक्रम रहेको छ ।
मिथिला परिक्रममा सहभागीहरुले नेपालको १ सय ७ किलाेमिटर र भारतको २६ किलाेमिटर गरी १ सय ३३ किलोमिटर लामाे बाटाे तय गर्दै नेपालमा १० तथा भारतमा पाँच गरी १५ ठाउँमा रात्रीबास गरेर बिहानै यात्रा प्रारम्भ गर्ने चलन रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।