न्यु डायमन्डलाई हराउँदै टाइगर ग्रुप अफ पोखरा फाइनलमा
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनका लागि छलफल थालेको बताउनु भएको छ ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि काम र योगदानका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्न छलफल थालेको बताउनुभयो ।
मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग प्रचण्डले प्रधानमन्त्री र पार्टीभित्र मन्त्री हेरफेर गर्ने विषयमा छलफल सुरु भएको बताउनु भएको हो । यस्तै उहाँले सीके राउतको स्वतन्त्र मधेस गठबन्धनसँग सरकारले गरेको सहमतिप्रति पार्टीकै केही नेताले असन्तुष्टि देखाएको भन्दै त्यसबारे पार्टीमा आएर छलफल गर्न सचेत गराउनुभयो ।
सरकारले गरेको सहमतिबारे बाहिर विरोध गर्दै हिँड्नुभन्दा पार्टीभित्रै छलफल गर्न उहाँले सुझाव दिनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।