लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
चीनले फेरि एक पटक चरमपन्थी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई ‘वैश्विक आतंकवादी’ घोषित गर्ने संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रयासमा रोक लगाएको छ ।
राष्ट्रसंघीय सुरक्षा परिषदमा अमेरिका, बेलायत तथा फ्रान्सले अजहरलाई संयुक्त राष्ट्र संघको आतंकवादीहरुको ब्ल्याक लिस्टमा सूचीकृत गर्न प्रस्ताव गरेका थिए । तर चीनले भने यो प्रस्तावलाई भिटो प्रयोग गर्दै रोकिदियो ।
यसभन्दा पहिले पनि चीनले मसूद अजहरलाई तीन पटक ‘वैश्विक आतंकवादी’ घोषित गर्ने प्रयासमा ‘टेक्निकल होल्ड’ गराएको थियो । यो रोक नौ महिनासम्म कायम रहनेछ । त्यसपछि फेरि सुरक्षा परिषदमा यो प्रस्ताव लैजान सकिनेछ । नौ महिनापछि पनि चीनले चाहेमा सुरक्षा परिषदको स्थायी सदस्य भएका नाताले भिटो प्रयो गर्दै यो प्रस्तावलाई फेल गराउन सक्छ ।
जैश–ए–मोहम्मद : काठमाण्डौबाट विमान ‘हाइज्याक’ गर्नेदेखि कश्मीर आक्रमणसम्म !
समाचार एजेन्सी एएफपीका मुताबिक सुरक्षा परिषदलाई दिएको आफ्नो पत्रमा चीनले मसूद अजहरलाई प्रतिबन्ध लगाउने अपिलका बारेमा बुझ्न केही समय लाग्ने बताएको छ ।
पुलवामा आक्रमणपछि भारतले जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरविरुद्ध सुरक्षा परिषदले कडा निर्णय गर्ने अपेक्षा लिएको थियो । तर चीनको अडानका कारण त्यो अपेक्षा पूरा भएन । कतिपयले यसलाई भारतीय कुटनीतिक हारको संज्ञा दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।