सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

 चैत २, २०७५ शनिबार १४:४:७ | रमेश ऐडी
unn.prixa.net

फाइल तस्बिर

सुर्खेत – हुम्ला जिल्लाको चंखेल्नी गाउँपालिका–५, नेप्कगाउँकी एउटी महिला सत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरले सुर्खेतबाट उद्धार गरेको छ । 

नेप्कगाउँका ४९ वर्षीया रिउली तामाङको रक्तस्राबका कारण ज्यान जोखिममा परेको हुँदा हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

सरकारले सुत्केरी अवस्थाका जोखिममा परेको महिलाहरुको ज्यान जोगाउन सञ्चालन गरेकाे एयर लिफ्टिङ सेवा मार्फत उद्धार गरिएको हो । लामो समय सुत्केरी हुन नसक्दा अत्यधिक रक्तस्राबका कारण महिलाको ज्यान जोखिममा परेकाले जिल्ला प्रशासन कार्यलय हुम्लामार्फत पत्राचार गरी शनिबार उद्धार गरिएको जिल्ला प्रसाशन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश पोखरेलले बताउनुभयो ।

बिरामीलाई हेलिकप्टरले सुर्खेत हुँदै कोहलपुरको मेडिकल कलेजमा पुर्याएको छ ।  लामो समय सुत्केरी बेथा लागेकोले सुर्खेतमा उपचार असंभव भएपछि उद्धार गरिएको पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताउनुभयाे ।
 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया