भारतले ७६औं गणतन्त्र दिवस मनायाे (तस्वीरहरू)
माघ १३, २०८१ आइतबार
सुमन गुरुङ – ४६ दिनदेखि बन्द गण्डकी मेडिकल कलेजमा लगाइएको ताला शनिबार खुलाइएको छ ।
कलेज सञ्चालकहरुले ठगी गरेको भन्दै आन्दोलनरत विद्यार्थीका कारण बन्द रहेको कलेजमा ताला लगाइएकोे थियो । ताला प्रशासनको प्रतिनिधिबिना प्रहरीको रोहबरमा खुलाइएको हो । कलेज खुलाउने विषयमा शुक्रबार नै सहमति भए पनि कोही प्रतिनिधि पनि उपस्थित नभएपछि शनिवार प्रशासनकै रोहबरमा खुलाइएको हो ।
प्रहरीको रोहबरमा ताला खोलिएपछि अबको जिम्मा कलेज प्रशासनकै हुने विद्यार्थीको भनाइ छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पनि कलेजको सम्पत्ति कलेज प्रशासनले नै हेर्नुपर्ने जनाएको छ ।
एमबीबीएस १६ ब्याचमा अध्ययनरत विद्यार्थीको परीक्षा चैत २१ गतेदेखि सुरु हुँदैछ । परीक्षाको फर्म भर्न र परीक्षामा सहभागी हुनको लागि सहज वातावरण मिलोस् भनेर ताला खुलाउन सहमत भएको विद्यार्थी परिवर्तन भाटले बताउनुभयो ।
तर, ताला खुलेपछि पनि कलेज प्रशासनबाट कोही पनि व्यक्तिको प्रतिनिधित्व नभएपछि उनीहरुले फर्म भर्न पाउने वा नपाउने भन्ने विषय भने अनिश्चित छ ।
चैत ८ गतेसम्म फर्म भर्ने र १२ गतेभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्ने सूचना त्रिविले निकालेको छ ।
५३ करोड ठगी गरेको आरोपमा विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालक विरुद्ध उजुरी दिएका छन् ।
कलेजका पूर्व सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परिसकेका छन् । गएको बुधबार उच्च अदालत पोखराले दुई दिनसम्म बहस सुनेर कानुन अनुसारको कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई आदेश पठाइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।